देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

फाइजरको खोप ५ देखि ११ वर्षका बालबालिकालाई पनि दिन सकिने

देशान्तर

काठमाडौं– अमेरिकी फर्मा कम्पनी फाइजरले बनाएको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको जनाइएको छ।

फाइजर र उसको जर्मन साझेदार बायोएनटेकले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको समाचारहरुमा उल्लेख छ। खोपले सो उमेर समूहका बालबालिकाहरुमा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको जनाइएको छ।

कम्पनीले ५ वर्षदेखि ११ वर्षका बालबालिकाहरुमा यो खोप प्रयोग गर्न अनुमति माग गर्दै छिट्टै अमेरिकी नियामक निकाय समक्ष आवेदन दिने तयारी गरेको जनाएको छ।

अनुमति मिलेमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई समेत खोप लगाउन सकिनेछ। फाइजरको खोप अहिले विश्वभर १२ वर्ष वा सोभन्दा बढी उमेरका मानिसहरुमा प्रयोग भइरहेको छ।

कम उमेरका बालबालिकामा खोपको प्रयोग संक्रमण फैलिन नदिन प्रभावकारी औजार हुने विश्वास सरोकारवालाको छ।

यस उमेरका बालबालिकालाई अहिले युवा तथा वयस्कहरुलाई दिइरहेको खोपको एक तिहाइ मात्रै लगाइनेछ।

मात्रा कम भएपनि खोपको दुबै डोज लगाएपछि उनीहरुमा अन्य उमेर समूहको शरीरमा उन्पन्न भएको जत्तिकै एन्टिबडी पाइएको अनुसन्धानकर्ताले बताएका छन्।