देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटघाट

देशान्तर

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेटघाट भएको छ ।

नेपाली सेनाको प्रधान कार्यालय जंगी अड्डामा बुधबार प्रधानसेनापति शर्मा र चिनियाँ राजदूत यान्छीबीच भेट भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रधानसेनापति शर्मा र राजदूत यान्छीको भेटमा दुई देशको आपसी हितबारे छलफल भएको निर्देशनालयले जनाएको छ । ‘प्रधानसेनापतिको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो,’ निर्देशनालयले भेटबारे जानकारी दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले लिएको छ ।’

प्रधानसेनापतिमा शर्मा भदौ २४ गते नियुक्त भएका थिए । प्रधानसेनापति नियुक्त भएपछि चिनियाँ राजदूतले पहिलो पटक शर्मासँग भेट गरेकी हुन् ।