देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

१८ लाख ७५ हजार नगदसहित जुवाको खालबाट १३ पक्राउ

देशान्तर

काठमाडौं – नेपाल प्रहरीले १८ लाख ७५ हजार ५०० नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका-७ हरमहादेवस्थित कमल दाहालको घरमा जुवा खेलिरहेको अवस्थामा बिहीबार बिहान १३ जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका १३ जनालाई सात बुक ताससहित नियन्त्रणमा लिएको जानकारी दिए। पक्राउ व्यक्तिसँग प्रहरीले नगद, सात बुक तास र विभिन्न कलरका क्वाइन बरामद गरेको छ। पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।