रौतहट – रौतहटमा प्रहरीले एक जना युवकलाई कटुवा पेस्तोल र सो मा लाग्ने गोली सहिँत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दुर्गाभगवती गाउँपालिका वडा नं. २ भलोहियाका २४ वर्षीय संजय साह सोनार रहेका छन् । सोनारलाई १ थान कटुवा पेस्तोल र सो मा प्रयोग हुने २ थान गोली सहिँत प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलिले घर तलासी गर्ने क्रममा हतियार सहिँत सोनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद चिमोरियाले जानकारी दिएका छन् ।





प्रतिक्रिया