देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्रोत नखुलेको ९५ लाखसहित २ जना भारतीय नागरिक पक्राउ

देशान्तर

काठमाडौं – प्रहरीले स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरि नगरपालिका– २ नागढुंगामा सवारी साधन चेकजाँचका क्रममा दुई जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको मुम्बई महाराष्ट्र प्रदेशको सङली जिल्लाको थाना घर बताउने २६ वर्षीय सागर माली र सोही ठाउँ घर बताउने १९ वर्षीय कूष्ण अढाडे रहेका छन् ।
उनीहरू चितवनबाट काठमाडौं आउँदै गरेको ग१ख ६६४५ नम्बरको हाइसको ८ र ९ नम्बर सिटमा थिए । प्रहरी प्रभाव नागढुंगाको टोलीले चेकजाँचका क्रममा मालीको साथबाट ४५ र अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरेको हो ।

पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी परिसर काठमाडौं राखेर अनुसन्धान सुरु गरिएको छ ।