देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्दिरका घण्टीसहित दुई पक्राउ

देशान्तर

महेन्द्रनगर – महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो ।

प्रहरीले छापा मार्न लाग्दा गोदाम बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा लिएको छ ।पक्राउपर्नेमा भीमदत्त नगरपालिका–१५ का ५८ वर्षीय पदक कोली र बजारमा डेरी गरी बस्ने बैतडीका ३८ वर्षीय धनीराम टमटा रहेका छन् ।

प्रहरी निरीक्षक लालबहादुर बमले अहिले प्रारम्भिक अनुसन्धान चलिरहेको गोदाम साहू र यहाँको सिद्ध बैजनाथ मन्दिर कार्यसमितिका पदाधिकारीलाई पनि अनुसन्धानका लागि बोलाइने बताउनुभयो । व्यापारी ठकुराठीले भने मन्दिर समितिले लिलाम गरेका पुराना घण्टी लिएको जिकिर गरेका छन् ।