देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिच झडप

देशान्तर

भोजपुर – साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले वडा नम्बर २ का अध्यक्ष मानबहादुर खत्रीलाई हातपात गरेका छन्।

वडा नम्बर २ स्थित अस्थायी कोभिड अस्पताल तथा कुलुङ स्वास्थ्य चौकीमा कार्यरत भविन्द्र कार्कीले लामो समयदेखि तलब भत्ता नपाएकोे विषयमा विवााद हुँदा गाउँपालिका अध्यक्ष राईले आफूमाथि हातपात गरेका वडाध्यक्ष खत्रीले बताए।

खत्रीले भने, ‘स्वस्थ्यका कर्मचारीले तलब नपाएको विषयमा वडा नम्बर २ का स्थानीयसहित गाउँपालिका अध्यक्षलाई भेट्न गएको तर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई नभटेपछि निवेदन गाउँपालिकामा छाडेर कुलुङतर्फ फर्केने क्रममा बाटोमा नै गाउँपालिका अध्यक्षले हातपात गर्नुभयो।’

एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका वडाध्यक्षमाथि हातपात भएको भन्दै एमाले भोजपुरले घटनाको भर्त्सना गर्दै दोषीमाथि कारवाही गर्न माग गरेको छ।विज्ञप्तिमा उल्लेख छ, ‘हाम्रो पार्टि जिल्ला कमिटि सदस्य तथा वडा नं। २ का अध्यक्ष मानबहादुर खत्री माथी गाउँपालिका अध्यक्ष एवं नेपाली काङग्रेका नेता महेश राईले हातपात गर्नुभएको छ। गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले गरेको दुव्यवहारप्रति खेद व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको व्यहोरा अवगत गराउन चाहन्छौं।’

यता गाउँपालिका अध्यक्ष राई भने त्यस्तो कुनै विवाद नभएको प्रष्टीकरण दिएका छन्। ‘हामीबीच खास त्यस्तो ठूलो विवाद भएको होइन,’ उनले भने, ‘घटनालाई राजनीतिकरण गर्न खोजिएको मात्र हो। यो बाहिर आउनु पर्ने विषय नै होइन।’