देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

करेन्ट लागेर एकको जनाको मृत्यु

देशान्तर

रुपन्देही – रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चन गाउँपालिका–४ का ४६ वर्षीय रणबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

शुक्रबार घर बनाउनका लागि फलामको छड काट्ने क्रममा विद्युत्को हाइटेनसन तारमा छड छोइएर उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएका बस्नेतको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।