देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

डेढ करोडको मालाले लियो ज्यान

देशान्तर

काठमाडौं । आफैले लगाएको बहुमूल्य मालाकै कारण ज्यान जाला भन्ने सुइँकोसम्म पाएका भए सोलुखुम्बु निवासी थेपाङ शेर्पाले कहिल्यै माला लगाउने थिएनन् होला। अनि त्यसको सोख पनि पाल्ने थिएनन् होला। तर घाँटीमा सधै बहुमूलय गहना लगाएर हिँड्ने सोखकै कारण उनको ज्यान गएको छ। गत विहीवार साँझ आफैले लगाएको बहुमूल्य मालाकै कारण थेपाङको ज्यान गएको छ।

घरमा कोही नभएको मौकामा लुटेराहरुले डेरामा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर शेर्पाको ज्यान लिए। अनि उनले लगाएको बहुमूल्य सी माला लिएर फरार भए। हत्या भएको भोलिपल्ट पक्राउ परेका फुरी शेर्पाले बहुमूल्य मालाकै लागि थेपाङको हत्या गरेको बयान दिएपछि यो तथ्य बाहिर आएको हो।

प्रहरी अनुसन्धानले घाँटीमा लगाएको सी माला लुटपाट गर्ने उदेश्यका साथ सोलुखुम्बुका ६० वर्षीय थेपाङको हत्या भएको देखाएको छ। हत्यापछि उनको घाँटीमा लगाइएको डेढ करोडभन्दा बढी मूल्य पर्ने सी माला लुटपाट भएको प्रहरीको भनाई छ। राजधानी दैनिकमा समाचार छ।

]]>