देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठूला नेता नै रोक्छन् जलविद्युत आयोजना

देशान्तर

काठमाडौं । २०६८ जेठ ८ गते मोहन बैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरको दैलेख, पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरे। पाटी विभाजनपछि पनि वैद्य नेतृत्वको नेकपा माओवादीले आयोजनामाथि भौतिक तथा मानसिक हस्तक्षेप गरिरहेको छ।

‘घटनायता फिल्डमा काम गर्ने उपयुक्त वातावरण छैन,’ कम्पनीका इन्जिनियर प्रदीप नेपाल भन्छन्–‘सरकारका तर्फबाट प्रक्रियागत ढिलासुस्ती हुँदा समयमै आयोजना सम्पन्न हुनेमा झन् आश‌ंका छ।’ ९ सय मेगाबाट क्षमताको माथिल्लो कर्णालीमाथि बैद्य माओवादीमात्रै होइन, नेमकिपा, नेकपा मसाल लगायत केही साना दल पनि निरन्तर खनिइरहेका छन्।

पछिल्लो समय माथिल्लो कर्णाली राजनीतिको सिकार भएको महत्वपूर्ण जलविद्युत आयोजना हो। नेपालको जलविद्युत विकाससमा अरुण तेस्रोदेखि प्रवेश गरेको राजनीतिले अधिकांश आयोजना प्रभावित छन्।  नागरिक दैनिकमा समाचार छ। 

]]>