देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैद्य माओवादीले स्थानीय चुनावमा भाग लिने

देशान्तर

काठमाडौं । ३३ दलीय मोर्चा बनाएर दोस्रो संविधानसभा निर्वाचन अबरोधको प्रयाससहित बहिष्कार गरेको मोहन बैद्य नेतृत्वको माओवादीले अहिले नयाँ संविधानबमोजिम हुने निर्वाचनमा भाग लिने निष्कर्षमा पुगेको छ। परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकतापछि बनेको क्रान्तिकारी माओवादीले पहिलो चरणमा स्थानीय निर्वाचनमा भाग लिने भएको हो।

 ‘हाम्रो ताकतले न संविधानसभा भत्काउन सकियो, न त संविधान रोक्न। अब के गर्ने भन्ने पार्टीमा बहस छ। स्थानीय निर्वाचनमा जानुपर्छ कि भन्ने मत पार्टीमा छ, संविधान जारी भएको पाँचौ दिन ८ असोजमा पार्टीको नेवाः राज्य कार्यालय कुपन्डोलमा आयोजित कार्यक्रता प्रशिक्षणमा बैद्यले पहिलोपटक कार्यकर्तामाझ स्थानीय चुनावमा जान सकिने संकेत गरेका थिए।

 माओवादी नेताहरुमा कार्यनीतिक नाराका रुपमा चुनावलाई उपयोग गर्नुपर्छ भन्ने मत अधिक छ। नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>