देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौं महानगरबासीलाई आजदेखि एष्ट्राजेनिका खोप दिइँदै

देशान्तर

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि १८ वर्षमाथिका नागरिकलाई कोभिड–१९ विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज दिँदैछ । महानगरले ३२ वटै वडाका खोप केन्द्र र सातवटा अस्पतालबाट खोप दिइने जनाएको छ ।

खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र विद्युतीय दर्ताको नम्बर अनिवार्य गरिएको छ । काठमाडौंका अन्य नगरमा भने आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइँदैछ । खोप कार्यक्रम तीन दिनसम्म चल्नेछ ।