देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देशभर थप ११५८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

देशान्तर

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने १३१८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ६३ हजार ७३४ जना निको भएका छन् । यस्तै हालसम्म कोरोना बाट ज्यान गुमाउनेको संख्या ११ हजार ११५ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार ४२२ जना रहेका छन् ।