देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काठमाडौंमा सभा, जुलुस, जात्रा र भोज गर्न प्रशासनको रोक

देशान्तर

काठमाडौं – काठमाडौं उपत्यकामा सभा,जुलुस,जात्रा जमघट गर्न अझै रोक लगाइएको छ। बिहीबार जिल्ला प्रशासन कार्यलय काठमाडौं,भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना जोखिम कायमै रहेकाले अर्को आदेश नभएसम्म भिडभाडजन्य क्रियाकलाप गर्नमा रोक लगाएको हो।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार होटेल वा पार्टी प्यालेसले कुनै बैठक,सेमिनार गोष्ठी,भोजजस्ता कायर्यक्रम गर्दा आगन्तुक वा सहभागीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ।

त्यस्तै,सार्वजनिक तथा निजी निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले नजिकिँदै गरेको चाडपर्वमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भिडभाड नहुने गरी मनाउन आग्रह गरेका छन्।

उनले आधिकारिक टिकट काउन्टरमा मात्र टिकट काट्न र यात्रा गर्दा सवारी साधनको छतमा यात्रा गर्न नपाइने बताए।