देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दलित अगुवा विश्वकर्माको निधन

देशान्तर

पोखरा । राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पद्मसिंह विश्वकर्माको निधन भएको छ । 

नेपालको प्रजातान्त्रिक आन्दोलनका साथै दलित मुक्तिको आन्दोलनमा २००७ सालदेखि क्रियाशील विश्वकर्माको निमोनियाका कारण ८६ वर्षको उमेरमा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा आज निधन भएको हो । 

बागलुङ नगरपालिका–९ लमगाउँ स्थायी बसोबास भएका विश्वकर्माका श्रीमती र एक छोरी हुनुहुन्छ । 

नेपालमा २००७ सालको क्रान्तिमा पश्चिम भेरीको नेतृत्व सम्हालेका विश्वकर्माले नेपालको प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याएको  नेपाली काँग्रेस बागलुङका कार्यवाहक सभापति जगदीशचन्द्र उपाध्यायले बताए  । 

स्व नेता विश्वकर्माप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य प्रदिप पौडेल र गगनकुमार थापा, कास्की काँग्रेसका सभापति यज्ञबहादुर थापा, नेता शुक्रराज शर्मा, सोभियतबहादुर अधिकारी, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष दुर्गा तिमल्सिना तथा नेपाल प्रेस युनियन कास्कीका सभापति शिरोमणि बराललगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । 

]]>