देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

भाडा समायोजनको माग गर्दै यातायात व्यवसायीको आन्दोलन

देशान्तर

काठमाडौं –  सार्वजनिक सवारी साधनमा छोटो दूरीको भाडा बढाउनुपर्ने माग गर्दै यातायात व्यवसायी र चालकहरू आन्दोलनमा उत्रिएका छन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बिहान ७ बजेदेखि नै रिङ रोडमा करिब पाँच सय बस राखेर विरोध गरिरहेका छन्। यातायात व्यवसायीहरुले विरोध गरेपछि यात्रुहरुलाई सास्ती भएको छ। उनीहरु समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन्। विरोध गरेपनि ट्राफिक जाममा भने केही समस्या नभएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दासले बताए।

‘भाडा बढाउनुपर्ने माग राखेर बिहानदेखि नै सडकको छेउछाउमा गाडी राखेर विरोध गरेका छन,’उनले भने,‘सवारी जाम भने भएको छैन।’