देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इजरायल जानेको अन्तिम नतिजा सोमबार, चिठ्ठामार्फत कामदार छनोट

देशान्तर

काठमाडौं – सुसारे कामका लागि इजरायल जान भाषा परीक्षा उत्तीर्णहरुको अन्तिम नतिजा आउँदो सोमबार सार्वजनिक हुने भएको छ ।

वैदेशिक रोजगार विभागले लिएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको नतिजा सोमबार सार्वजनिक हुने भएको हो । नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्री (चिठ्ठा) मार्फत श्रमिकको छनोट गर्ने कार्यक्रम छ ।

इजरायल जान एक हजार ६ सयले भाषा परीक्षा उत्तीर्ण गरेका थिए । त्यसमध्येबाट एक हजारले मात्रै इजरायल जान पाउने विभागले जानकारी दिएको छ । इजरायलमा हुने लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’ मार्फत नतिजा प्रत्यक्ष हेर्न सकिने दूतावासले जनाएको छ ।

विभागले लिएको अन्तर्वाताबाट १,१२० महिला र ४८० पुरुष छनोट भएका थिए । उत्तीर्णको यो सूची विभागले १० असोजमा नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो । इजरायल जाने कामदारले डेढ लाख भन्दा धेरै रकम खर्चिनु पर्छ ।