देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जीप दुर्घटना हुँदा चालकको मृत्यु

देशान्तर

रोल्पा – रोल्पामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

रोल्पा नगरपालिकाको सल्लीबोटबाट बाजाबाङ जाने क्रममा लु१च ९४९३ नं को जीप छेर्लापोखरा भन्ने स्थानामा दुर्घटना हुँदा सो जीपका चालक सोही नगरपालिका-१ खेवासेका २० वर्षीय गोबद्र्धन घर्तीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार जीप सडकबाट ३० मिटर तल खसेको छ । दुर्घटनामा परी जीपका सहचालक रोल्पा नगरपालिका सल्लीबोटका २० वर्षीय नवीन पुन घाइते भएका छन् । रोल्पा अस्पताल रेउघामा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।