देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साफ च्याम्पियनसिपमा भारतसँग नेपाल पराजित

देशान्तर

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले पहिलो हार बेहोरेको छ ।

आइतबार राति मालेमा भएको खेलमा नेपाललाई परिचित प्रतिद्धन्दी भारतले १–० ले हराएको हो ।

भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो भने भारतले लगातार दुई खेलमा बराबरी गरेको थियो ।

नेपाल पराजित भएपछि पाँच राष्ट्र सहभागी साफमा फाइनल पुग्ने समिकरण रोमाञ्चक बनेको छ । अब अन्तिम दिनका खेलहरुपछि मात्रै फाइनल पुग्ने दुई टिमको टुङ्गो लाग्नेछ । नेपाल र माल्दिभ्सको समान ६ अंक भएको छ ।

भारत ५ अंक जोडेर तेस्रो स्थानमा छ । बंगलादेश ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । ४ वटै खेल खेलिसकेको श्रीलंका भने १ अंक जोडेर बाहिरिसकेको छ ।
अब बुधबार नेपालले बंगलादेशसँग र भारतले माल्दिभ्ससँग खेल्नेछ । नेपाललाई फाइनल पुग्न कम्तीमा पनि बंगलादेशविरुद्ध बराबरी खेल्नुपर्नेछ ।