देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोतीपुर घटनाको विरोध गर्दै युवासंघद्धारा गृहमन्त्रीको राजीनामा माग

देशान्तर

काठमाडौँ — नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले मोतीपुर औद्योगिक क्षेत्रमा बस्दैआएका सुकुम्बारीमाथि प्रहरी दमन भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेको छ ।

संघले गृहमन्त्रीकै आदेशमा उक्त घटना गरिएको आरोप पनि लगाएको छ ।ुहामी सरकारको तानाशाही र दमनकारी नीति र शैलीको घोर निन्दा र भर्त्सना गर्दछौँ । साथै प्रहरीलाई हिंस्रक शैलीमा प्रस्तुत हुन आदेश दिने गृहमन्त्रीको राजीनामा माग गर्दछौँु संघका अध्यक्ष किरण पौडेलले जारी गरेको वज्ञिप्तिमा भनिएको छ, ुयस्तो निर्लज्ज दमनमा संग्लग्न सम्पूर्ण दोषीहरूमाथि कारबाहीको माग गर्दछौँ ।

रुपन्देहीको मोतीपुरस्थित प्रस्ताविध औद्योगिक क्षेत्रमा सुकुम्बासीको नाममा अतसक्रमण भएको भन्दै आइतबार हटाउन गएका सुरक्षाकर्मीसँग झडप हुँदा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ । युवा संघले स्थितिलाई शान्त बनाउने र सहकार्यमा आन्दोलनलाई ठाउँ हुँदाहुँदै सिधासिधा हत्या गर्ने उद्देश्यले दमन गरेको देखिएको जनाएको छ ।

आइतबार औधोगिक क्षेत्रमा प्रहरी र घरटहरा बनाई बसोबास गर्दैआएकाहरुबीच झडप हुँदा मोतीपुर क्षेत्र दिनभर तनावग्रस्त बन्यो । यस क्रममा चार जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौं पुर्‍याइएको छ ।