देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पछिल्लो २४ घण्टामा ७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु

देशान्तर

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा गरिएको सात हजार २३३ जनाको पीसीआर र चार हजार ९६२ जनाको एन्टिजेन गरी १२ हजार १९५ जनामा गरिएको परीक्षणका क्रममा ७८५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेका छन्।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण नेपालमा १२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।