देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गोरखा दरबारको फूलपाती हनुमानढोका भित्र्याइयो

देशान्तर

काठमाडौं – गोरखाको गोरखकाली मन्दिरबाट काठमाडौंको हनुमानढोकामा रहेको दशैं घरमा फूलपाती भित्र्याइयो छ । गए राति गोरखामा विधिपूर्वक सङ्कलन गरिएको फूलपाति आज बिहान बा २ झ २१२९ नम्बरको सरकारी मोटरमा राखेर हनुमानढोका भित्र्याइयको हो ।

यो वर्ष गोरखा दरबार हेरचाह अड्डाका पुजारी कुलबहादुर थापा फूलपाती लिएर काठमाडौं आएका छन् । हनुमानढोकामा फूलपाती लैजानका लागि पुरातत्व विभागले काठमाडौंबाट मोटर पठाएको थियो । गएको वर्षहरुमा कोरोना सङ्कटका कारण संक्षिप्त रुपमा कार्यक्रम गरी फूलपाती पठाउने गरिएकोमा यो वर्ष भने बाजागाजासहित हर्षोल्लासका साथ फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले बताए ।

गोरखकाली मन्दिरको दशैं घरको फूलपाती काठमाडौंको हनुमानढोकामा रहेको दशैंघरमा पठाउने परम्परा करिब ४ सय वर्ष पुरानो रहेको उनको भनाइ छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौं राज्य जितेपछि गोरखाबाट हनुमानढोका दशैंघरमा फूलपाती लैजाने परम्परा बसेको हो ।

उनले १८२५ सालमा काठमाडौंमा विजय प्राप्त गरेका थिए । त्यतिबेला गोरखा, धादिङ हुँदै हनुमानढोकामा फूलपाती लैजाने परम्परा रहेको थियो । तर जङ्गबहादुर राणाको उदयपछि फूलपातीको परम्परा बन्द भएको भुषालले बताए । काठमाडौं र गोरखालाई पृथ्वी राजमार्गले जोडेपछि भने मोटरमार्फत फूलपाती काठमाडौं पठाउने चलन शुरु भएको उनको भनाइ छ ।