देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मुगुमा बस दुर्घटना : २३ जनाको मृत्यु, १६ घाइते

देशान्तर

काठमाडौं – मुगुमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगुको गमगढीका लागि छुटेको भे १ ख १६७ नम्बरको बस पिनामा खोलामा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दशैंका लागि घर हिँडेका यात्रु लिएर गमगढी जाँदै गरेको बस पिनामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । बसमा ३९ जना सवार रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनास्थल अफ्ठ्यारो ठाउँमा रहेकाले एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा डिएसपी चित्रबहादुर भट्टराईसहितको टोली पुगेर उद्दारको प्रयास गरिरहेको बताइएको छ । उद्दारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् ।