देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

रोनाल्डोले ह्याट्रिक गरेकाे खेलमा पाेर्चुगलकाे शानदार जित

देशान्तर

क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकपको युरोपेली छनोट प्रतियोगितामा पोर्चुगलले लक्जेम्वर्गमाथि ५–० गोलअन्तरको शानदार जित हासिल गरेको छ ।

यो जितले पोर्चुगललाई समूह ए को दोस्रो स्थानमा पुर्‍याएको छ । पोर्चुगल टिम अंकतालिकामा सर्वियाभन्दा १ अंकले पछाडि छ । समूहको अन्तिम खेलमा यी दुई टोली भिड्दैछन् ।

रोनाल्डोले दुईपल्ट पेनाल्टीमा गोल गरे भने अर्को एक गोल डेहमार्फत गरी अरिकरको ५८औं ह्याट्रिक पूरा गरेका हुन् ।

बुर्नो फर्नान्डेज र जोआओ फलहिन्हाले पनि एक एक गोल थपे । घरेलु टोलीलाई ३–० को स्थितिमा पु¥याउन फर्नान्डेजले १८औं मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।

तर, समाचारका हेडलाइनमा म्यानचेस्टर युनाइटेडका सुपरस्टार तथा फर्नान्डेजका टिममेट रोनाल्डोकै चर्चा योग्य रहन्छ । जसले आफ्नो अन्तर्राष्ट्रिय गोलसंख्या ११५ पु¥याएका छन् ।

३६ वर्षीय रोनाल्डोले दुई महिनाअघि मात्र सर्बाधिक अन्त्र्राष्ट्रिय गोलका रुपमा इरानका अली देईको १०९ गोलको कीर्तिमान तोडेका थिए ।

पोर्चुगलले समूहको अन्तिम खेल सर्वियासँग खेल्नुअघि रिपब्लिक अफ आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।