देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महोत्तरी र बैतडीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

देशान्तर

काठमाडौं – महोत्तरी र बैतडीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । हिजो साँझ भएको दुर्घटनामा महोत्तरीमा दुई जना र बैतडीमा एक जनाको मृत्यु भएको हो ।

महोत्तरीको बर्दिबास नगरपालिका–४ मा दुई ओटा मोटरसाइकल आपसमा ठोक्किदा सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतो र महोत्तरीको बर्दिबास नगरपालिका ३ गौरीडाँडाका २७ वर्षीय सुरज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतोको मृत्यु शुभ स्वस्तिक अस्पताल बर्दिबासमा र तामाङको मृत्यु रामजानकी अस्पतालमा भएको हो । दुर्घटनामा घाइते भएका एक जनाको राम जानकी अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी बैतडीको दोगेडा केदार गाउँपालिका ३ तारल नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दार्चुलाको गोकुलेश्वरबाट सतबाँजतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको ट्याक्टर गएराति साढे १ बजे अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा बैतडीको डिलासैनी गाउँपालिका ३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।