देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

३६५ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

देशान्तर

काठमाडौं- गत २४ घण्टाभित्र नेपालमा थप ३६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल पाँच हजार ५९४ जनाको नमूना परीक्षण गर्दा ३६५ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३२६ र एन्टिजेन विधिबाट ३९ संक्रमित पहिचान भएका थिए। उक्त अवधिमा कूल तीन हजार ६७१ पीसीआर र एक हजार ९२३ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।