देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप ४५५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

देशान्तर

काठमाडौं – गत २४ घण्टाभित्र नेपालमा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार कूल ६ हजार २१४ जनाको नमूना परीक्षण गर्दा ४५५ जनामा कोरोना पोजिटिभ देखिएको हो।जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३९८ र एन्टिजेन विधिबाट ५७ संक्रमित पहिचान भएका थिए।

उक्त अवधिमा कूल तीन हजार ४१८ पीसीआर र २ हजार ७९६ एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। गत २४ घण्टामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।