देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आईपीएल क्रिकेटको उपाधिका लागि कोलकाता र चेन्नई खेल्दै

देशान्तर

काठमाण्डाै – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधिका लागि आज चेन्नई सुपर किङ्ग्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।

खेल राति पौने ८ बजे यूएईको दुबईमा सुरु हुनेछ । चेन्नई पहिलो प्लेअफमा दिल्ली क्यापिटल्सलाई हराएर र कोलकाता दोस्रो प्लेअफमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराएर उपाधि नजिकै पुगेका हुन् ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र इयान मोर्गनको कप्तानीमा रहेको कोलकाताबीचको फाइनल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ । अहिलेसम्म चेन्नईले तीन पटक र कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेका छन् ।