देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

देशान्तर

काठमाडौँ – तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ ।

फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् । बंगलादेशविरुद्धको खेलमा अञ्जन विष्टले नै बराबरी गोल फर्काएका कारण नेपालले साफ च्याम्पियनसिपको इतिहासमै पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।

भारत लिग चरणको विजेताको रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेका हुन् । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।