देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि

देशान्तर

काठमाडौं– गत २४ घण्टाभित्र नेपालमा थप १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल एक हजार ७७३ जनाको नमूना परीक्षण गर्दा १४७ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट १३६ र एन्टिजेन विधिबाट ११ संक्रमित पहिचान भएका थिए।

उक्त अवधिमा कूल एक हजार ४४६ जनाको पीसीआर र ३२७ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो। पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर न्यून हुँदै आएको छ। बडा दशैंका कारण कोरोना परीक्षण घटेकाले पनि संक्रमित घट्न पुगेको हो।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण एक जनाको मृत्य भएको मन्त्रालयले जानकारी दिएको छ।