देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

झाडापखालाबाट कपिलवस्तुमा चारको मृत्यु

देशान्तर

काठमाडौं – विगत केही समयदेखि कपिलवस्तुमा फैलिएको झाडापखालाबाट हालसम्म चारजनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको बताइएको छ।

यस्तै हालसम्म कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जीवाणु फेला परेको छ। फेला परेका दुबै जीवाणु मानव मलमूत्रमा पाइने जीवाणु रहेको चिकित्सकको भनाइ छ।

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएका धारा र ४० फिटभन्दा माथि गाडिएका नल ९चापाकल०को नमुनामा कोलिफर्म भेटिएको हो। सय फिटभित्र गाडिएका नल ९ह्याण्डपम्प० मा भने जीवाणु फेला नपरेको बताइएको छ।